१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजश्व छल्ले विरुद्ध मुद्दा दायर, विभाग बन्यो सक्रिय


0
Shares

काठमाडौं, माघ १४ । राजस्व अनुसन्धान विभागले बुधबार नक्कली तथा झुटा बिल बिजक वस्तु तथा सेवा नै खरिद नगरी खरिद गरेको भन्दै कारोबार गर्ने सर्लाहिका सरोजकुमार मिश्र सहित १० जना मातियार विरुद्ध उच्च अदालत पाटनमा १ अर्ब ४ करोड बिगो मागदाबी सहित मुद्दा दायर गरेको छ ।

विभागले पछिल्लो समय नक्कली बिल बिजक बनाई कारोबार गर्ने माथी अनुसन्धान तिव्र बनाएको छ ।

विभागले चालु आर्थिक वर्षको ६ महिनाकै अवधीमा झुटा तथा नक्कली बिल बिजक बनाई कारोेबार गर्ने कम्पनी तथा फर्ममाथी १० अर्ब बढिको मुद्धा दायर गरेको छ ।

वि.स. २०७४ फागुनमा प्रधानमन्त्री कार्यालय मातहत ल्याईएको विभागले यस्ता कम्पनीबाट ३५ अर्ब बढि राजस्व संकलन गरेको जनाएको छ ।

यस्तै यसै अवधिमा १० अर्ब विदेशी मुद्रा विनिमय अपचलन गर्नेबाट संकलन गरेको जनाइएको छ ।

विभागले आर्थिक वर्ष २०७६÷७७ मा मात्रै १६ अर्ब संकलन गरेको थियो ।

विभागले विभिन्न ठुला करदाता तथा कम्पनीमाथी पनि अनुसन्धा गरिरहेको जनाएको छ ।

कर छलीका विभिन्न मुद्धाहरुमा विभागले कडाई गरेसँगै राजस्व संकलनमा पनि वृद्धि भईरहेको र राज्यको कर प्रणालीमा समेत सहयोग पु¥याएको विभागका महानिर्देशक दिर्घराज मैनाली बताउनुहुन्छ ।

झुटा तथा नक्कली बिल बिजक बनाउने करिब १२ सय फर्म माथी विभागले निगरानी बढाएको छ ।

विभिन्न कम्पनी तथा फर्मले नक्कली बिल बिजक बनाई काम गर्दा उपभोक्ता स्वयम समेत ठगीको सिकार बन्ने गरेका छन् ।

पछिल्लो समय भेईकल ट्रयाकिङ एण्ड कन्साईन्मेन्ट सिस्टम प्रणालीको विकास गरेपछि झुटा बिल बिजक बनाई गर्ने कारोबारमा कमी आएको समेत महानिर्देशक मैनाली बताउनुहुन्छ ।

विभागले ठुला करदाता तथा समुहमाथी कारबाही बढाएपनि नक्कली बिलबिजक बनाई कारोबार गर्नेको श्रृङखला भने रोकिन सकेको छैन ।

अझै नयाँ बाटो अपनाई कर छली गरेका भेटिएको जनाइएको छ ।