७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सुनमा कोटा सिस्टम खारेज गर्न संघको माग


0
Shares

काठमाडौं, माघ १४ । नेपाल रत्न तथा आभुषण संघले सुनमा कोटा सिस्टम खारेज गर्न माग गरेको छ ।

बैकले अनावश्यक रुपमा भाउमा गेम खेलेको भन्दै संघले यो प्रणाली खारेजीको माग गरेको हो ।

बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी संघले विगतमा प्रति दिन ४० किलो सम्म सुन पाउने गरेकोमा अहिले १० किलोमा सिमित हुँदा उत्पादनमा समस्या भएको गुनासो गरेको हो ।

सुनचाँदीको दर भाउ सबै संगठनले एकैपटक र एउटै मुल्यमा तोक्नका लागि अवश्यक सहकार्य गर्ने समेत संघको योजना छ ।

नेपाली गरगहना निकासिका लागि आफ्नै एच एस कोड पाइसकेको सन्दर्भ उल्लेख गर्दै भन्सार शुल्क फिर्ताको विषयमा सरकार सकारात्मक रहेको संघले जनाएको छ ।

संघले आगामी तीन महिना भित्र जेम ल्याब स्थापना गरी संचालनमा ल्याउने समेत जनाएको छ ।

नेपालमा रहेको माइनिङ सम्भावनालाई उपयोग गरी यसको प्रशोधन र निकासीबाट देशको अर्थतन्त्र तथा व्यापार घाटा कम गर्न योगदान पुग्ने विश्वास पनि संघले लिएको छ ।

गत आर्थिक वर्षमा १ अर्ब बढी राजस्व बुझाएको यो व्यवसायमा ६ लाख बढीले रोजगारी पाएको संघको दाबी छ ।