
काठमाडौं, माघ १५ । नेकपाको दाहाल–नेपाल समूहले बिहीबार पनि माइतीघर मण्डलामा प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना दिएको छ ।
नेकपाको यो समूहले विघटनको विरोधमा प्रत्येक दिन दुई घण्टा माइतीघरमा धर्ना दिने कार्यक्रम तय गरे अनुसार बिहीबार दोस्रो दिन पनि धर्ना दिएको हो ।
संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको दाहाल–नेपाल समूहले जनाएको छ ।
धर्नामा सहभागी नेताहरुले धर्ना कार्यक्रम सांकेतिक आन्दोलन भएको बताएका छन् ।
संविधान, लोकतन्त्र, संघीयता, गणतन्त्र, समावेसिता र धर्म निरपेक्षताको रक्षाको निम्ति आन्दोलन गरेको धर्नामा सहभागीहरुले बताएका छन् ।
धर्नामा विघटित प्रतिनिधि सभाका सांदहरु, प्रदेशसभा सदस्यहरु, संविधान सभाका सभासदहरु लगायतको उपस्थिति थियो ।
धर्ना कार्यक्रम माघ २१ गते सम्म चल्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्