
प्रकाश मैनाली (इमेज)
सर्लाही, माघ १५ । उखु किसानलाई लाखौं रुपैयाँ नदिएर ठगी गरेको अभियोगमा काठमाडौंबाट पक्राउ परेका पश्चिम नवलपरासीस्थित इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्योगका सञ्चालक राकेश अग्रवाललाई सर्लाही लगिएको छ ।
पश्चिम नवलपरासी र जिल्ला अदालत सर्लाहीबाट ठगी मुद्दामा पक्राउपुर्जी जारी भएका अग्रवाललाई काठमाडौं प्रहरीले बुधबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
उखुको मूल्य माग्दै किसानहरुले प्रदर्शन गरेपछि गृह मन्त्रालयले उखु किसानलाई भुक्तानी नदिने उद्योगका सञ्चालकलाई पक्राउ गरेर रकम असुल गर्ने निर्णय गरेको थियो ।
त्यस पश्चात सर्लाहीमा किसानले अग्रवाल विरुद्ध उजुरी दिएका थिए सोही आधारमा प्रहरीले अग्रवाललाइ पक्राउ गरेको हो ।
अन्नपूर्ण मिल व्यवस्थापनले किसानले बेचेको उखुको करिव १७ करोड मध्ये ११ करोड १६ लाख तिरेको बिवरण सर्लाही प्रशासनलाइ बुझाएको छ ।
उद्योगले किसानलाई अझै ५ करोड ७४ लाख तिर्न बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्