२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरुलाई विभिन्न जिम्मेवारी


0
Shares

काठमाडौं, माघ १५ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वले पूर्व अध्यक्षहरूलाई विभिन्न जिम्मेवारी सुम्पिएको छ ।

महासंघलाई बिहीबारको अवस्थासम्म ल्याउन पूर्वअध्यक्षहरूले निर्वाह गरेको भुमिकाको मुल्यांकन गरी जिम्मेवारी दिएको महासंघले जनाएको छ ।

जस अनुसार महासंघले निवर्तमान अध्यक्ष भवानी राणालाई सदस्यता समिति र नेपाल भारत संयुक्त बिजनेश फोरमको जिम्मेवारी दिएको छ ।

यसैगरी महेशलाल प्रधानलाई सल्लाहकार समिति र पद्य ज्योतिलाई व्यावसायिक आचार संहिता फोरमको जिम्मेवारी दिइएको छ ।

कुशकुमार जोशीलाई विधान संशोधन समिति, सुरज वैद्यलाई अन्तर्राष्ट्रिय सम्बन्ध फोरमको जिम्मेवारी महासंघले दिएको छ ।