
काठमाडौं, माघ १६ । अर्थतन्त्रका अन्य क्षेत्रहरुमा संकुचन देखिएको बेला पूँजीबजारले भने दैनिकजसो नयाँ उचाइ कायम गरिरहेको छ ।
धितोपत्र बोर्डले अहिलेको बृद्धिलाई स्वभाविक भन्दै लगानीकर्ता भने जहिले पनि सजक बन्नु पर्ने बताएको छ ।
कोभिड पछिको बजारमा लगानीकर्ताको संख्या बढ्दा नेप्सेको अनलाइन प्रणालीमा भने बारम्बार समस्या आउने गरेको छ ।
यसको सुधारमा नेप्से लागिरहेको बताइए पनि खासै सुधार हुन सकेको छैन ।
प्रणाली सुधारमा आवश्यक काम गर्न नसके बैकल्पिक उपाय खोजिने धितोपत्र बोर्डले जनाएको छ ।
प्राथमिक र दोश्रो दुवै बजारलाई प्रविधिमैत्री बनाइ एपबाटै संचालनको तयारी गरिएको भन्दै बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बैकलाई ब्रोकर लाइसेन्स जरुरी नरहेको उल्लेख गर्नुभयो ।
नेप्से कारोवारमा गत आइतबारदेखि लागु भएको टि प्सल टु प्रणाली कार्यान्वयन हुन नसकेको लगानीकर्ताको गुनासोप्रति बोर्डले ध्यानाकर्षण भएको जनाएको छ ।
धितोपत्र बोर्डले ब्रोकरले ऐनअनुसार काम गर्न नसके कानुनी दायरामा ल्याउने बताएको छ ।
शेयर ब्रोकरले मार्जिन, पैसा नलिई कारोवार गर्ने छुट अब नरहेको अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो ।
पछिल्लो समय २६ लाख बढीले डि म्याट खाता खोलेको जनाउदै अध्यक्ष ढुङ्गानाले निजी क्षेत्रका केही ठुला कम्पनी पनि इच्छुक रहेकोले चाँडै बजारमा भित्रिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्