
नवलपुर, माघ १६ । नवलपुरमा अत्याधिक संख्यामा मोटरसाइकल दुर्घटना बढेपछि सचेतना अभियान थालिएको छ ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यलयले प्रदेशका ११ वटा जिल्लामा सचेतना अभियान थालेको हो ।
कार्यक्रमअन्र्तगत शुक्रबार गण्डकी प्रदेशको नवलपुरबाट अभियान थालिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रभु ढकालले जानकारी दिनुभयो ।
उहाँले गण्डकी प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना हुने जिल्ला मध्य नवलपुर रहेकोले सचेतना अभियानका लागि प्राथमिकता दिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्