२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चीनले बेलायतको पासपोर्टलाई आधिकारिक नमान्ने


0
Shares

काठमाडौं, माघ १६ । चीनले हङकङवासीको बेलायत पासपोर्टलाई आधिकारिक कागजात नमान्ने घोषणा गरेको छ ।

चीनको विदेशमन्त्रालयका प्रवक्ता झाऊ लिजियनले ब्रिटिश नेसनल ओभरसिज (बीएनओ) पासपोर्टलाई हङकङमा ट्राभल डकुमेन्ट वा परिचयपत्रको रुपमा मान्यता नदिइने बताउनुभएको हो ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा प्रवक्ता झाउले सो कुराको जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार आगामी आइतबारदेखि नै सो नियम लागु हुनेछ ।

चीनले गत वर्ष हङकङमा राष्ट्रिय सुरक्षा नीति लागु गरेपछि त्यसको विरोधमा ठूलो आन्दोलन भएको थियो ।

यता, बेलायत सरकारले भने आफ्नो हङकङका नागरिकलाई विशेष भिसा परियोजना (बीएनओ) मार्फत बेलायत भित्र्याउन तयारी पूरा भएको जानकारी दिएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बीएनओे मार्फत हङकङका जनतालाई बेलायतमा बसोबासका लागि स्वागत गर्न आतुर रहेको बताउदै यस कुराले अत्यन्तै गर्व महसुस गर्छु भन्नुभएकोछ ।

योजनाअनुसार बेलायत सरकारले आगामी आइतबार अपराह्न ५ बजेदेखि आवेदन खुला गर्दैछ । आवेदन फेबअरी २२ सम्म दिन पाइने जनाइएको छ । (एजेन्सी)