१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केटु हिमाल आरोहीलाई पूर्वराजा ज्ञानेन्द्र शाहको बधाई


0
Shares

काठमाडौं, माघ १६ । विश्वकै दोस्रो सर्वोच्च शिखर पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले बधाई दिनुभएको छ ।

प्रेस विज्ञप्ती जारी गर्दै पूर्वराजाले सर्वाधिक चिसो मौसममा पनि साहसका साथ गरेको त्यो कीर्तिमानी आरोहणप्रति हार्दिक बधाइ एवं सम्मानभाव प्रकट गर्नुभएको हो ।

उहाँले त्यस्तो प्रयत्नबाट विश्वमै नेपालर नेपालीको प्रतिष्ठामा वृद्धि भएको सुखद अनुभव आफूले गरेको पनि बताउनु भएको छ ।

गत वर्षमात्रै सगरमाथासहित आठ हजार मिटर अग्ला विश्वका चौध वटा हिमाल छ महिना छ दिनमा आरोहण गरी विश्व कीर्तिमान राख्ने निर्मल पुर्जासहितको १० जनाको टोलीले गत माघ ७ गते केटु हिमाल आरोहण गरी हिउँदमा आरोहण गर्ने कीर्तिमान बनाएको हो ।