२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


पोखराबाट ‘किसान परिचयपत्र’ वितरण सुरु


0
Shares

पोखरा, माघ १६ । पोखरा महानगरपालिकाले नेपालमै पहिलो पटक किसानलाई ‘किसान परिचय पत्र’ वितरण शुरु गरेको छ ।

महानगरपालिकाले पोखरामा शुक्रबार एक औपचारिक कार्यक्रम गरी परिचय पत्र वितरण शुरु गरेको हो ।

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जानकी एग्रो फार्मका सञ्चालक दीपक तिमिल्सिनालाई परिचय पत्र’ वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले किसान परिचय पत्र वितरण गर्ने आफूहरु पहिलो पालिका भएको दाबी गर्नुभयो ।

महानगरले पहिलो चरणमा २ सय ८८ जना पशुपंछी पालक किसानलाई परिचय पत्र वितरण गरेको जनाएको छ ।

किसान भएर पनि पहिचानविहीन् भएका किसानहरुले परिचय पत्र पाउँदा खुशी भएको बताएका छन् ।