
नवलपरासी, माघ १६ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक एंव नागरिक समाजका अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्ध तर्फ धकलेको आरोप लगाउनु भएको छ ।
मानव अधिकार तथा शान्ति समाज पश्चिम नवलपरासीको २० औं साधारणसभाको शुक्रबार उद्घाटन गर्न भूमही पुग्नु भएका पहाडीले राज्य संयन्त्रको दुरुपयोग गरेर प्रधानमन्त्री ओलीले देशलाई गृहयुद्धतर्फ धकलेको आरोप लगाउनु भएको हो ।
असंवैधानिक तरिकाले गरेको प्रतिनिधिसभा विघटनपछि क्षेत्रवाद र जातिवादले टाउको उठाउन थालेको र चिहानमा दफन गरिएका मुद्दाहरु ब्युँताउने प्रयास गरेर ओलीले देशलाई गृहयुद्ध तर्फ धकेल्ने काम गरेको उहाँको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्