१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपाद्धारा थप आन्दोलनका कार्यक्रमहरु घोषणा


0
Shares

काठमाडौं, माघ १६ । प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले थप आन्दोलनको घोषणा गरेको छ ।

शुक्रबार बसेको पार्टीको पदाधिकारी बैठकले आन्दोलनको घोषणा गरेको संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिनुभएको हो ।

पार्टीले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने भट्टराइको ट्वीटमा भनिएको छ ।

जसपाले माघ २३ गते जिल्ला, माघ २५ मा संघीय र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ मा सबै पालिकामा आन्दोलन गर्ने भएको छ ।

यस्तै माघ २९ गते वडा तहमा पुत्ला दहन, मसाल जुलुस लगायत कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ ।