२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आवश्यक परे प्रतिनिधिसभाको बैठक बस्छ : दाहाल


0
Shares

विराटनगर, माघ १६ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले जरुरी परे प्रतिनिधिसभा बैठक बस्ने चेतावनी दिनुभएको छ ।

शुक्रबार विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै जरुरी परे बैठक बस्ने उहाँको भनाइ थियो ।

सभामुखले बैठक बोलाउँछन्, हामी उपस्थित हुन्छौ अध्यक्ष दाहाले भन्नुभयो ।

सर्वोच्च अदालतले सही फैसला गर्छ भनेर अहिले बैठक नबसेको उहाँको भनाइ थियो ।

ओली प्रतिक्रियावादीहरुको गोटी बनेको र सामन्ति दलालहरुसामू लम्पसार परेको अध्यक्ष दाहालको भनाइ थियो ।

आफुलाई निरन्तर परिवारबादको आरोप लगाइएको भन्दै उहाँले म निसन्तान भइनँ, मेरो दोष हो भन्दै प्रश्न गर्नुभयो ।

अध्यक्ष दाहालले केपी ओलीले जसरी धर्म छोराछोरी पालेर भ्रष्टाचारको पक्षपोषण नगरेको बताउनुभयो ।
अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संसद विघटन गरेर लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाउनु भएको छ ।

उहाँले तानाशाहीलाई कम्युनिस्ट पार्टीले स्विकार गर्न नसक्ने बताउनुभयो ।

विरोध कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालल, नेता योगेश भट्टराईलगायतले बोल्नु भएको थियो ।