
काठमाडौं, माघ १६ । राजस्व अनुुसन्धान विभागले शुक्रबार भिसिटिएस पालना नगर्ने विभिन्न फर्म तथा कम्पनीलाई २४ लाख २५ हजार जरिवाना गरेको छ ।
विभागले ८५ वटा फर्म तथा कम्पनीले भेईकल कन्साईन्मेन्ट एण्ड ट्रयाकिङ सिस्टम पालना नगरेको भन्दै ति कम्पनीलाई जरिवाना गरेको जनाएको हो ।
यस अन्तर्गत् क्रेता वा विक्रेताको सामान लोड भएपछि सवारी नम्बर सहित सम्पुर्ण विवरण राखिन्छ ।
सोही आधारमा ट्रयाकिङ गरिन्छ ।
यसरी राजस्व छली न्युनिकरणका लागि विभागले भिसिटिएस मार्फत सवारी साधानको ट्रयाकिङ गर्दै आएको छ ।
वि.स. २०७६ साल साउनबाट सुरु भएको यस प्रणालीमा हालसम्म १ लाख ५ हजार सवारी दर्ता भएका छन् ।
विभागले भिसिटिएस प्रयोग नगर्ने विरुद्ध ३ करोड बढिको मुद्धा दायर पनि गरिसकेको छ ।
यस प्रणालीले झुटा बिल बिजक प्रयोग गर्नेको संख्यामा कमी आई व्यवसायमा स्वस्थ प्रतिष्पर्धा हुने विभागका महानिर्देशक दिर्घराज मैनालीको दाबी छ ।
विभागले यस प्रणाली सुरु गरेको डेढ वर्ष बितिसक्दा समेत सबै क्षेत्रका व्यवसायमा भने यस प्रणालीको पँहुच पुगेको छैन ।
यो प्रणाली साना व्यवसायीसम्म पु¥याउनका लागि अझै जनचेतना आवश्यक रहेको नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष्य राजेन्द्र मल्लको भनाई छ ।
ईन्टरनेटको पँहुच पुग्ने ठाँउका लागि मात्रै उपयुक्त हुने गरि बनाइएको यस प्रणालीलाई दुरदराजसम्म विकसित गरि लैजान आवाश्यक तयारी समेत गर्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्