१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


माधव-प्रचण्ड मतीयार भएकाले ओलीले असंवैधानिक कदम उठाएः डा.शेखर


0
Shares

सर्लाही, माघ १६ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले गत पुष ५ गतेभन्दा पहिले गरेका प्रत्येक असंवैधानिक कदमको दाहाल-नेपाल समूहले साथ दिएकाले आजको अवस्था आएको बताउनु भएको छ ।।

नेपाल महिला संघ सर्लाही क्षेत्र नं ३ ले हरिवनमा शुक्रबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले गत पुष ५ गतेभन्दा पहिले दाहाल-नेपाल समूहले सरकारले गरेका प्रत्येक असंवैधानिक कदमको साथ दिएकाले आजको अवथा आएको जीकीर गगर्नुभयो ।

माधव-प्रचण्ड समूहले प्रधानमन्त्रीले गरेका सबै कदममा साथ दिएकाले उनीहरु सबै यस कदमको मतीयार भएको उहाँको आरोप छ ।

फरक प्रसंगमा कोइरालाले कांग्रेस लोकतान्त्रिक दल भएकाले अदालतले गरेको फैसाला मान्ने बताउनुभयो ।

शुक्रबारको कायक्रमलाई कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी , रामकृष्ण यादव , सरिता प्रसाई, महालक्ष्मी उपाध्याय( डिना), हरि प्रिया खड्गी लगायतका केन्द्रीय नेताहरु सम्बोधन गर्नुभएको थियो ।