
काठमाडौं, माघ १८ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
उतारचढाव बिच बजार परिसुचक नेप्से ५४ अंकले ओरालो लागेर २३ सय ७० बिन्दुमा आएर थामियो ।
यसदिन कारोबार भएका सबै समुहमा गिरावट आउँदा नेप्से पनि ओरालो लागेको हो ।
यसदिन जीवन बीमा समुह सबैभन्दा उच्च ४ सय ६० अंकले ओरालो लाग्दा नीर्जिवन बिमा समुहमा पनि २ सय ६० अंकको गिरावट आयो ।
यस्तै उत्पादनमुलक समुह १ सय ३२ अंकले ओरालो लाग्दा लघुवित्त समुह १ सय २१ अंकले खुम्चियो ।
यसदिन मात्र १० कम्पनीको शेयर मुल्य बढ्दा १ सय ६१ कम्पनीको शेयर मुल्य घट्यो ।
यसदिन प्रभु लाईफ इन्सोरेन्स कम्पनीले सबैभन्दा बढि कमाउँदा रिलायन्स फाईनान्स लिमिटेडले सबैभन्दा बढि गुमाउन पुग्यो ।
यसदिन २ सय ६ कम्पनीको १ करोड ६२ कित्ता शेयर ८ अर्ब ९७ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्