१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको बहस सकियो, सोमबारबाट सरकारका तर्फबाट बहस हुने


0
Shares

काठमाडौं, माघ १८ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारका तर्फबाट सोमबारदेखि बहस हुने भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटा रिट निवेदनमाथि सुनुवाई भइरहेको संवैधानिक इजलासमा आइतबार ९ देखि १२ औं रिटसम्मको बहस सकिएको छ ।

९ रिटमाथि रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले आइतबार बहस गरेका थिए ।

यस्तै, १० रिट निवेदक अधिवक्ता लोकेन्द्रबहादुर ओली, ११ औं रिटका निवेदक कलमबहादुर खत्री र १२ औं रिटका निवेदक मणिराम उपाध्यायले आइतबार नै बहस सकेका छन् ।

१२ औं रिटमाथिको बहस सकेर खाजा समयका लागि ‘ब्रेक’ लिएको इजलासमा ब्रेकलगत्तै १३ औं रिट निवेदनमाथि बहस सकिनेछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएका छन् ।

ती सबै रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो ।

निवेदक पक्षको बहस सकिएपछि सरकारका तर्फबाट बहस हुनेछ ।