
काठमाडौं, माघ १८ । कोरोना भाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको चीनको वुहान बजारको भ्रमण गरेको छ ।
समूहका सदस्यहरुले वुहानको सामुद्रिक जीव बजारको भ्रमण गरेका हुन ।
यो बजारलाई गत वर्षको जनवरीदेखि नै सिल गरिएको छ ।
बजारमा डब्लुएचओका सदस्यलाई मात्र प्रवेश दिइएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस अनुसन्धानमा चीनले गरेको ढिलाई एवं राजनीतिक आरोहअवरोहका बीच डब्लुएचओको टोलीले जनावरबाट मानिसमा भाइरस कसरी सरेको थियो भन्ने अनुसन्धान गर्न खोजेको छ ।
तर भाइरसको स्रोत पहिचान गर्न निकै कठिन रहेको डब्लुएचओले जनाएको छ ।
वुहानबाटै फैलिएको आशंका गरिएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर २० लाखभन्दा बढी मानिुसकोे मृत्यु भइसकेको छ भने विश्वको अर्थव्यवस्था नै संकटमा परेको छ ।
ग्लोबल टाइम्सका अनुसार आइतबार आइपुगेको डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीहरुले निकै गम्भीरतापूर्वक नियालिरहेको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्