१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतीय तरकारीमा रोक लगाउन कृषकको माग


0
Shares

चितवन, माघ १८ । चितवनका कृषकहरुले भारतबाट आउने तरकारी रोक्न माग गरेका छन् ।

जिल्लाकै उत्पादनले पुग्ने भन्दै भारतबाट आयात हुने विषादीयुक्त तरकारी रोक्न उनीहरुले सरकारसँग माग गरेका हुन् ।

केही दिनअघि भारतबाट गोलभेडा लिएर आएको ट्रकलाई नियन्त्रणमा लिएको आरोपमा पक्राउ परेका कृषक दिपक गुरुङको रिहाइ गर्न पनि उनीहरुले माग गरेका छन् ।

गुरुङले भारतीय गोलभेडा रोक्नु पर्ने आवाज उठाउँदा विचौलियाको जोडमा प्रहरीले उनलाई पक्राउ गरेको कृषकहरुको आरोप छ ।

चार वर्षअघि इजरायलबाट फर्किएका गुरुङले अहिले ठूलो क्षेत्रमा गोलभेडा खेती गरेका छन् ।

ती गोलभेडा बारीमै कुहिँदा पनि बजार नपाएको तर भारतीय उत्पादन छ्यापछ्याप्ती बजारमा पाइने भन्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिन उनीहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।