१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री ओलीले बाह्य शक्तिको डिजाइनमा प्रतिनिधिसभा विघटन गरे : दाहाल


0
Shares

काठमाडौं, माघ १८ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगानुभएको छ ।

आफु निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले ओलीले देशभित्रका सामन्ती राजा रजौटा र निरंकुशतावादीहरुसँग साँठगाठ गरेको आरोप लगाउनुभयो ।

देश बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुको इशारामा ठूलो डिजाइनअन्र्तगत नेपाली जनतालाई अपमानित गर्ने रणनीतिका साथ प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार गरिएको अध्यक्ष दाहालको भनाइ थियो ।

अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले आफुतिर मान्छे तान्न भएभरको शक्ति लगाएको बताउनुभयो ।

तर ओलीको प्रस्तावलाई धेरै नेताहरुले अस्वीकार गरेको उहाँको भनाई छ ।

प्रतिनिधि पुनःस्थापना भए ओली पक्षका २० जना नेताहरुले आफुहरुलाई साथ दिने बचन दिएको पनि अध्यक्ष नेपालले दाबी गर्नुभयो ।

अध्यक्षद्धय दाहाल र नेपालले पार्टीले गर्ने विरोध सभामा किसानहरुको तर्फबाट उल्लेख्य सहभागिता जनाउन तथा आफ्नो पक्षमा नेता कार्यकर्तालाई राखिरहन निर्देशन पनि दिनुभएको छ ।