२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


कोरोनाका कारण थला परेका निजी विद्यालयहरु बन्द हुने अवस्थामा


0
Shares

दिपेन्द्र अधिकारी (इमेज)

काठमाडौं, माघ १८ । कोरोना (कोभिड १९) को संक्रमणपछि थला परेका शैक्षिक गतिविधिहरु सुचालु हुन थालेका छन् ।

यो बीचमा निजी भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको देखिन्छ ।

यसले सामुदायिक विद्यालयलाई जनविश्वास थप बलियो बनाउने अवसर दिएको छ ।

स्थानीय तहबाट स्वीकृति लिएर सञ्चालन हुने बाल विकासदेखि माध्यामिक विद्यालय तहसम्म पठनपाठन हुने गरी हाल करिब १० हजार संस्थागत शैक्षिक संस्थाहरु सञ्चालनमा छन् ।

तीमध्ये कतिपय बन्द भइसकेका छन् ।

कतिपय विद्यालय खुलेपछि हुने व्ययभार धान्न नसक्ने अवस्थामा पुगेर नखुल्ने अवस्थामा छन् ।

देशभर रहेका त्यस्ता निजी तथा आवासीयमध्ये ५० प्रतिशत विद्यालय बन्द हुने जोखिममा पुगेको निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनले जनाएको छ ।

अहिले निजि विद्यालयहरुलाई विशिष्ट क, ख, ग र घ गरि पाँच वर्गमा विभाजन गरिएको छ ।

अधिकांश साना विद्यालयहरु घर भाडामा लिएर सञ्चालनमा छन् ।

घरभाडा र कर्मचारी खर्चको बोझ थेग्न नसक्ने अवस्थामा पुगेपछि करिब एक हजार हाराहारीमा निजी विद्यालय बन्द भएको बताइए पनि औपचारिक आँकडा भने आइसकेको छैन ।

विद्यालय सञ्चालकहरु बन्द भएका विद्यालयहरुको तथ्याकं संकलन गरिरहेको बताइरहेका छन् ।

उनीहहरु विद्यालय बन्द भएको कुरा प्रष्ट बताउन चाँहदैनन् ।

कोभिड पछि निजि विद्यालयमा विद्यार्थी अभिलेखिकरण गर्दा विद्यार्थी संख्या कम पाइएको छ ।

लामो समयपछि विद्यालय खुल्दा सामुदायिक विद्यालयमा भने विद्यार्थी बढ्दै छन् ।

नेपाल राष्ट्र बैंकले शिक्षा क्षेत्रका संस्थाहरुलाई कोभिड–१९ बाट मध्यम प्रभावित सूचीमा राखेकोमा संस्थागत विद्यालयका सञ्चालकहरु सन्तुष्ट छैनन् ।

राष्ट्र बैंककै सर्वेक्षणले लकडाउनको समयमा ९५.४७ प्रतिशत शैक्षिक संस्था सञ्चालन हुन नसकेको जनाएको छ ।

यो क्षेत्रको कुल आम्दानीमा ८१.६६ प्रतिशत घटेको देखाएको छ ।

पछिल्लो समय बढ्दो आकर्षणलाई कायम राख्न सामुदायिक विद्यालयले आफुलाई थप परिमार्जन गर्नु पर्ने आवश्यकता छ ।

भिडियो हेर्नुहोस्

भिडियो : राजेन्द्र नापित