
सर्लाही, माघ १८ । सर्लाहीको बागमती नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन अभियान सुरु भएको छ ।
आइतबार जिल्लास्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको विवरण संकलन गरेसँगै नगरको १२ वटै वडाबाट विवरण संकलन सुरु गरिएको जिल्ला प्रशासन कार्यलय मलंगवाले जनाएको छ ।
अब जिल्लाका २० वटै पालिकामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
एक स्टेशनबाट दैनिक ४० जनाको विवरण संकलन हुने गरी एक साथ ३५ वटा विवरण संकलन स्टेशन संचालन गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
प्रजिअ पौडेलले सम्पूर्ण जिल्लावासीलाई आफ्नो वडा अन्तर्गत विवरण संकलन गराउनसमेत आह्वान गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्