२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


काठमाडौं शहरमा सेनाकाे बख्तरबन्द गाडीकाे मार्च, माघ १९ कै रात राेजाई, संयाेग कि पूर्वाभ्यास ?


0
Shares

नरेन्द्र मानन्धर । काठमाडौं, माघ १९ । नेपाली सेनाले काठमाडौं शहरमा साेमबार राति आफ्ना बख्तरबन्द गाडीहरुकाे मार्च पास गरेकाे छ ।

सोमबार राति १० बजे काठमाडौंको सीतापाइलाबाट बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गरेकाे हाे । सेनाले यसलाई नियमित अभ्यास भनेकाे छ ।

सेनाकाे श्री युद्ध कवच गणकाे अगुवाईमा गरिएकाे मार्च पासकाे दिन भने माघकाे १९ गते नै पर्नुमा अाममानिसले अाश्चर्यका साथ हेरेका छन् ।

नेपाली राजनीतिमा माघ १९ सँग नेपाली जनताकाे नमिठाे जम्काभेट भएकाे इतिहास छ ।  राजा ज्ञानेन्द्र प्रजातान्त्रिक सरकार अपदस्थ गरेर अाफ्नाे हातका शासन लिँदा पनि यहि दिनलाई राेजेकाले संशय बढेकाे हाे ।

यसअघि, माघ १८ गते नै सेनाले १९ गते गरिने यस्ताे अभ्यासका बारेमा जानकारी दिएकाे थियाे ।

उसकाअनुसार, २१ गते दिउँसो काठमाडौंबाट पाँचखाल र ८ वटा पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास गर्ने तयारी छ ।

सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडलले ट्वीटर ह्याण्डलमार्फत यससम्बन्धी सूचना सार्वजनिक गरेर यो नियमित अभ्यासबाहेक केही नभएको स्पष्ट पार्नुभएको हाे । तस्वीर: नरेन्द्र मानन्धर ।