१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सूर्तीजन्य पदार्थको प्रयोग घटाउने जिम्मा स्थानीय सरकारको : पूर्व स्वास्थ्यमन्त्री थापा


0
Shares

काठमाडौं, माघ २१ । नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सूर्तीजन्य पदार्थको प्रयोग दर घटाउने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताउनुभएको छ ।

विश्व क्यान्सर रोग दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ सेवन गर्नेलाई दण्ड, जरिवाना र सजाय गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिए मात्र यसको प्रयोगमा कमी ल्याउन सकिने धारणा राख्नुभयो ।

सूर्तीजन्य पदार्थ प्रयोगमा नियमन, नियन्त्रण गर्ने बलियो कानून हुँदा पनि प्रयोगकर्ताको संख्या किन घट्न सकेन भन्ने तर्फ ध्यान दिनु पर्ने उहाको भनाइ थियो ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले सूर्तीजन्य पदार्थ नियन्त्रणमा तीनै तहको सरकारको समन्यय हुन नसकेको स्वीकार्नु भयो ।

कार्यक्रममा सहभागी चिकित्सकहरुले भने क्यान्सर लाग्ने प्रमुख कारण मध्ये सूर्तिजन्य पदार्थको प्रयोग रहेको बताएका थिए ।

सरकारले २०७१ सालमा नै सूर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्ने कानुन बनाए पनि कार्यान्वय हुन सकेको छैन् ।