
फाइल तस्बिर
काठमाडौं, माघ २१ । नेपाली कांग्रेसले संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारी र सदस्यहरूको शपथप्रति विमति जनाउँदै आन्दोलन थप सशक्त बनाउने जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारी र सदस्यहरूको शपथप्रति पार्टीको स्पष्ट विमति रहेको र विधि उल्लंघनको प्रवृत्तिलाई मान्न नसकिने बताउनु भएको छ ।
ट्वीटरमा ट्वीट गर्दै शर्माले ‘विधि उल्लङ्घनको प्रवृत्तिप्रति हाम्रो प्रस्ट विमति रहेको उल्लेख गर्नुभएको छ ।
ट्वीटरमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, त्यसपछिको बैठक, बुधबारको शपथ, दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्ध, सङ्घर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा पु्गेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्