७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सुन आयातमा कोटा वृद्धि गर्ने तयारी


0
Shares

काठमाडौं, माघ २१ । सरकारले सुन आयातमा कोटा वृद्धि गर्ने तयारी गरिरहेको जनाइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सुनचाँदी ब्यवसायलाई थप ब्यवस्थित र प्रभावकारी वनाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

सुनचाँदी ब्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने नीतिगत ब्यवस्था, पर्याप्त कच्चा पदार्थ आपूर्तिको सुनिश्चितता तथा तालिम एवं अन्तर्राष्ट्रिय गरगहना सम्मेलन लगायतका क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता सरकारले जनाएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलसँगको भेटकाक्रममा सचिव अर्यालले यी बिषयलाई आवश्यक सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

उहाँले ब्यवसायीको माग अनुरुप सुनको आपूर्तिमा लागु हुँदै आएको कोटा सिघ्र वृद्धिगर्ने र ब्यवसायीको माग अनुसार मोफसलका जिल्लाहरुवाट हुने सुनको वितरणलाई नेपाल राष्ट्र बैंकसँगको समेत सहकार्यमा थप ब्यवस्थित र प्रभावकारी वनाउने प्रतिवद्धता जनाउनुभयो ।