२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


शेयर बजारमा सामान्य करेक्सन


0
Shares

काठमाडौं, माघ २१ । बुधबार शेयर बजारमा सामान्य गिरावट आयोे ।

अघिल्लो दिन उच्च दरले उकालो लागेर कीर्तिमान बनाएको बजार परिसूचक नेप्सेमा यस दिन करिब ७ अंकको गिरावट आयो ।

उतार चढावबीच नेप्से ७ अंकले ओरालो लागेर २४ सय ६६ कायम भएर थामियो ।

शुरुवाती समय देखि उकालो लागेर २५ सय माथी पुगेको नेप्से अपरान्ह यता ओरालो लाग्दै ऋणात्मकमा थामिएको हो ।

बिहीबार घोषणा गरिएको आम हड्तालका कारण पनि लगानीकर्ताको मनोबलमा असर परेको विश्लेषण गरिएको छ ।

कारोबार भने उच्च साढें ९ अर्ब पुग्यो ।

यस दिन जलविद्युत, वाणिज्य बैंक, लघुवित्त र सामुहिक लगानी कोष सामान्य अंकले हरियो रहे बाहेक अरु समूह रातो रहे ।

जीवन बीमा समूह सबैभन्दा उच्च १ सय ९७ अंकको गिरावट आयो ।

निर्जीबन बीमा समूह र उत्पादनमूलक समूह पनि १ सय अंक भन्दा बढीले ओरालो लागे ।

व्यापार समूह पनि ६५ अंकले झर्यो । होटल, अन्य र विकास बैंक समूहमा पनि दोहोरो अंकको कमी आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय २ कम्पनीको २ करोड २० लाख कित्ता शेयर ९ अर्ब ५३ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।