२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


गण्डकी प्रदेशमा तीन वर्षमा ४६ वटा विधेयक संशोधनसहित पास


0
Shares

पोखरा, माघ २२ । गण्डकी प्रदेशसभा गठन भएको तीन वर्षमा ४६ वटा विधेयक संशोधन सहित पास गरिएको छ ।

संसदबाट पास भएका ऐनहरु जनतासँग जोडिने भन्दा आफ्नै सेवा सुविधा र साझा अधिकार सूचीमा केन्द्रित हु्ंदा जनगुनासा भने बढेको छ ।

तीन वर्षमा संघीयतालाई मजबुत बनाउने गरी प्रदेशसभामा गम्भीर छलफल समेत भएन ।

जनता समाजवादी पार्टीकी सांसद धनमाया लामा पोखरेलले प्रदेशसभाले संघीयताको मर्मअनुसार काम गर्न नसकेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले संघीयताको खारेज गर्ने धारणा राख्नु भएको छ ।

नेपाली कांग्रेसकी सचेतक ओमकला चालिसेले अहिलेसम्मको संसद बैठकलाई भाँडाकुटी खेलको संज्ञा दिनुभएको छ ।

नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारीले सरकारको आवश्यकताका आधारमा संसद क्रियाशील हुने बताउनुभयो ।