
काठमाडौं, माघ २२ । नेकपाको दाहाल-नेपाल समूहले आमहड्ताल गरेकै दिन ओली समूहले राजधानीमा मार्चपास गरेको गरेको छ ।
महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले बाल्मिकी कलेजबाट मार्चपास गरेको हो ।
राजधानीका विभिन्न्न स्थानबाट आएका स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास गरेका हुन् ।
मार्चपास प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै कमलादीसम्म पुगेको छ ।
मार्चपासमा युवाले ‘केपी बाः आइ लभ यु’, ‘केपी ओली रेलमा भ्रष्टाचारी जेलमा’ तथा ‘आज हैन भोलिलाई १० वर्ष ओलीलाई’ जस्ता नारा लगाएका थिए ।
ओली समूहले शुक्रबार राजधानीमा जनसभा गर्दैछ ।
उक्त जनसभा नारायणहिटी संग्रहालय अगाडि हुँदैछ ।
ओली समूहले एक लाख बढी मानिसको सहभागीतामा जनसभा गर्न लागेको जनाएको छ ।
जिल्लाजिल्लाबाट कार्यकर्ताहरु काठमाडौं ल्याइने जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपालको सभालाई गिज्याउँदै जनसभा कस्तो हुन्छ भनी शुक्रबार देखाइदिने बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्