१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारको कदमले मुलुक संकट तर्फ जान्छ : डा. बाबुराम भट्टराई


0
Shares

संखुवासभा, माघ २२ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको पछिल्ला कदमले मुलुक संकट तर्फ जाने चेतावनी दिनुभएको छ ।

संखुवासभाको खाँदवारीमा शुक्रबार हुने आमसभालाई सम्वोधन गर्न आउनु भएका डा. भट्टराईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त चेतावनी दिनुभएको हो ।

सरकारको र सेनाको गतिविधिले देशमा संकटकाल घोषणा गरि संविधानका धारा निलम्वन गरेर तानाशाही शासन तर्फ सरकार अगाडी बढ्न खोजेको देखिएको उहाँले बतानुभयो ।

जनता सडकमा नआएसम्म प्रतिगमन नसच्चिने भन्दै भट्टराईले जनआन्दोलन थाल्न ढिला गर्न नहुने समेत बताउनुभयो ।