
काठमाडौं, माघ २२ । साताको अन्तिम दिन बिहीबार शेयर बजार सकारात्मक रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से ८ अंक बराबरले सकारात्मक रहेर २४ सय ७५ पुग्यो ।
नेकपा दाहल नेपाल समूहले आह्वान गरेको हड्तालका बाबजुद कारोबार भने उच्च नै साढें ७ अर्ब माथी पुगेको छ ।
यस दिन आधा समूह हरियो रहे भने आधा रातो ।
लघुवित्त र व्यापार समूहमा १ सय अंक भन्दा माथीको वृद्धि आयो ।
उत्पादनमूलक समूह पनि ८४ अंक र निर्जीबन बीमा समूह ७८ अंकले उकालो लागे ।
जलविद्युत समूह पनि दोहोरो अंकले उकालो लाग्दा अन्य समूह भने मात्र हरियो रह्यो ।
यस दिन जीवन बीमा, होटल, वित्त, वाणिज्य बैंक, विकास बैंक र सामुहिक लगानी कोष ओरालो लागे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १ कम्पनीको १ करोड ८७ लाख कित्ता शेयर ७ अर्ब ६२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्