२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उद्योग वाणिज्य महासंघ र बैंकर्स एसोसिएसनबीच कार्यदल गठन गर्ने सहमती


0
Shares

काठमाडौं, माघ २२ । घरेलु तथा साना उद्योगहरुलाई ऋण प्रवाहमा सहजीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स एसोसिएसन बीच सहमती भएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छा र बैकर्स एसोसिएसनका अध्यक्ष भुवन कुमार दाहाल बीच महासंघको सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो सहमती भएको हो ।

एसएमईजहरूलाई ऋण सहजीकरण देखि अन्य क्षेत्रमा सहयोग गर्न केन्द्रमा दुवै संस्थाको सहभागितामा एउटा कार्यदल गठन गर्ने र विस्तारै प्रदेश तथा जिल्लास्तरमा पनि कार्यदल विस्तार गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त भएको छ ।

यसका लागि दुवै संस्था बीच छिट्टै एक सहमतीपत्रमा हस्ताक्षर गरी अगाडी बढ्ने सहमती समेत भएको महासंघले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको कोभिडले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्बेक्षण प्रतिवेदन अनुसार कोभिडको समय असारसम्म ६३.६ प्रतिशत संचालन हुन नसकेका घरेलु, मझौला र साना उद्योगहरुमा १३ प्रतिशत अहिलेसम्म पनि खुल्न सकिरहेका छैनन् ।