
काठमाडौं, माघ २३ । नेकपाका दाहाल-नेपाल समूहका नेता भीम रावलले गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्ने दु:स्वप्ना देखिरहेको पुष्टि हुने बताउनुभएको छ ।
शुक्रबार ओली पक्षले दरबारमार्गमा गरेको कार्यक्रममा बोलेका गृहमन्त्री थापाले मांशाहारी आन्दोलन गर्नेलाई जावलाखेलमा ‘जु’ मा थुन्ने अभिव्यक्ति दिनुभएको थियो ।
गृहमन्त्री थापाले उक्त अभिव्यक्तिमा ट्वीट गर्दै भीम रावलले निरंकुशतन्त्र ढल्ने बताउनुभएको छ ।
‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रधानमन्त्री ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ । उनले भनेका छन् । निरंकुशतन्त्र ढल्छ।’
प्रतिक्रिया दिनुहोस्