
झापा, माघ २३ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नै नभएको बताउनुभएको छ ।
प्रेस संगठन झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता खनालले सर्वाेच्च अदालत संविधानको पृष्ठभुमिमा बनेकोले यसले सही निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
खनालले निर्वाचन आयोगले पनि विद्यमान कानून अनुरुप नै आफ्नो निर्णय दिने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्