
सर्लाही, माघ २३ । सर्लाहीमा कोरोनाविरुद्धको खोप अभियानको पहिलो चरणको १० दिन सम्ममा २ हजार ९ सय ७ जानाले खोप लगाएका छन ।
जिल्लास्थित २० वटै पालिकामा फ्रण्टलाईनमा काम गर्ने झण्डै ६ हजार ६ सय ३९ जना रहेका मध्ये आजसम्म दुई हजार ३ सय ६५ जनालाई खोप लगाईएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकले जानकारी दिनुभयो ।
जिल्लाबाट कोरोना विरुद्धको ७ हजार डोज खोप माग गरिएको थियो ।
तर ५ हजार ३०० डोजमात्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।
थप गरिएको एक दिनमा सीमा क्षेत्रमा खटिएका सुरक्षाकमी, कैदी बन्दी लगायतलाई खोप लगाइने जनाइएको छ ।
यहाँ अहिलेसम्म खोप लगाएका कसैमा पनि केही समस्या नदेखिएकाले विश्वस्त भएर खोप लगाउन पनि आव्हान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्