१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारको नाममा कारण देखाउ आदेश


0
Shares

काठमाडौं, माघ २३ । संवैधानिक परिषद्को बैठकको सिफारिसमा संवैधानिक आयोगहरु भएको नियुक्ती विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारि गरेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा न्यायाधिश कुमारप्रसाद रेग्मीको एकल ईजलासले सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्ने गरी कारण देखाउ आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय सुनुवाइ नगरी गरिएको नियुक्ति गैरसंवैधानिक भएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

उहाँले संसदीय सुनुवाइ छलेर संविधानले नियुक्ति गर्ने अधिकार सरकारलाई नदिएको अवस्थामा त्यसविपरीत भएको नियुक्तिको सिफारिस रोक्नुपर्ने माग रिटमार्फत गर्नुभएको थियो ।

नियुक्ति सिफारिस भएको ४५ दिनभित्र संसदीय सुनुवाइ नभए स्वतः नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार सिफारिस भएकाहरुमध्ये ३४ जनाले सम्बन्धित आयोगमा नियुक्तिको शपथ नै लिइसकेका छन् ।