
काठमाडौं, माघ २३ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिकसम्ममा कृषि उपजका निकासीमा सुधार देखिएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नुसार गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा भन्दा यस वर्ष परिमाण र आम्दानी दुवैमा सुधार आएको हो ।
नेपालबाट कृषिजन्य वस्तु अलैँची र चिया भारतसहित तेस्रो मुलुकमा निकासी हुन्छ ।
चालु आवको यस अबधिमा अलैँचीको निकासी तथा आम्दानीमा उल्लेखीय सुधार देखिएको हो ।
गत वर्षको तुलनामा चालु वर्षमा पनि अलैँचीका भाउमा सुधार आएकाले पनि आम्दानी बढेको हो ।
गत वर्ष २ अर्ब ५१ करोड ८२ लाख १० हजार बराबरको निकासी भएको थियोे भने यस वर्ष ३ अर्ब ८१ करोड ७६ लाख ४१ हजार बराबरको निकासी भएको तथ्याङ्कले देखाएको छ ।
गत आर्थिक वर्षको साउनदेखि पुससम्ममा ३१ लाख ३२ हजार ८३७ किलो अलैँची निकासी भएकोमा यस आर्थिक वर्षमा ४७ लाख ७५ हजार ९ सय ८३ केजी निर्यात भएको छ ।
यस आवको साउनदेखि पुससम्ममा गएको वर्षको यसै समयको तुलनामा ५१ दशमलव छ प्रतिशतले आम्दानीमा सुधार भएको छ ।
गत वर्षको तुलनामा पनि यस वर्ष समग्र निकासी बढेको देखिन्छ । यसले राष्ट्रको शोधानान्तर घाटा घटेको छ ।
गत आवको यस अवधिमा आयातको तुलनामा सात दशमलव छ प्रतिशतको निकासी भएकामा यस वर्ष पाँच दशमलव नौ प्रतिशतको निकासी भएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्