१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘इतिहासलाई जीवित राख्न फोटोग्राफरको महत्वपूर्ण भूमिका’


0
Shares

पोखरा, माघ २५ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व र शान्तिबिना विकास र समृद्धि सम्भव नहुने बताउनुभएको छ ।

पोखरा फोटोग्राफर संघको ३९ औँ साधारणसभा तथा अधिवेशन एवं पोखरा फोटोग्राफी अवार्ड वितरण कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय एकता र सहमतिबिना समृद्धि प्राप्त गर्न नसकिने बताउनु भएको हो ।

इतिहासलाई जीवित राख्न फोटोग्राफीको ठूलो महत्व रहेको र त्यसमा फोटोग्राफरले महत्वपूर्ण टेवा पुर्‍याउँदै आएको बताउँदै प्रदेश प्रमुख शेरचनले फोटोग्राफीले इतिहासलाई सम्झाउन मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा संघद्वारा प्रकाशित ‘फोकस’ बुलेटिनको प्रदेश प्रमुख शेरचनले विमोचन गर्नभयो ।