
काठमाडौं, माघ २५ । आइतबार दुई बजेका लागि बोलाइएको प्रदेश १ संसदको बैठक अझै सुरु हुन सकेको छैन ।
११ बजेदेखि जारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपाका दुई समूहको कुरा नमिल्दा बैठक ढिलाइ भएको हो ।
मुख्यमन्त्री शेरधन राईविरूद्ध नेकपाको दाहाल–नेपाल पक्षका बहुमत सांसदले दर्ता गरेको अविश्वासको प्रस्ताव टेबल हुने भनिएको आजको बैठक कतिबेला सुरु हुन्छ भन्ने यकिन हुन सकेको छैन् ।
कार्यव्यवस्था बैठकमा मुख्यमन्त्री शेरधन राई पक्षले आफूले निलम्बन सिफारिस गरेका १६ सांसदलाई प्रवेश दिन नहुने अडान राखेको छ ।
अर्को पक्ष भने अविश्वास प्रस्ताव छल्न ओली पक्षले अराजनीतिक अडान देखाएको बताइरहेको छ ।
माघ ७ मा तीन मिनेट चलेर सुरु हिउँदे अधिवेशन त्यसपछि एकैचोटी आज बस्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्