
तेह्रथुम, माघ २५ । तेह्रथुमको लालीगुराँस नगरपालिका-३ मुसाङखेलमा एक व्यक्तिले बञ्चरो प्रहार गरि आइतबार आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
४३ बर्षिय नरबहादुर लिम्बुले बञ्चरो प्रहार गर्दा उनकी ४७ वर्षीया श्रीमती मइतरानी लिम्बूको मृत्यु भएको हो ।
टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा मइतरानीको शव घर नजिकैको बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिनुभयो ।
सामान्य घरायसी विवादमा बारीमा काम गरिरहेको बेला नरबहादुरले आफ्नी श्रीमतीलाई एक्कासी बञ्चरो प्रहार गरेको मृतककी भतिज विबस लिम्बूले जानकारी दिए ।
घटनामा संलग्न लिम्बुलाई प्रकाउ गरिएको प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो ।
नरबहादुरले गाँउबाट मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्