
कपिलवस्तु, माघ २५ । जनता समाजवादी पार्टी नेपालले संसद पुनःस्थापनाको माग गर्दै कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवालगायत पकडी, विजयनगर, चन्द्रौटा र कृष्णनगरमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।
प्रतिनिधिसभा विघटन असंवैधानिक र प्रतिगमनकारी कदम भएको भन्दै जसपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
जसपाको केन्द्रीय निर्देशन अनुसार तेस्रो चरणको कार्यक्रमअन्तर्गत प्रधानमन्त्रीको पुतला दहन गरिएको जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले बताउनुभयो ।
प्रधानमन्त्रीको पुतला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्