
दिपेन्द्र अधिकारी (इमेज)
काठमाडौं, माघ २५ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई शिक्षा मन्त्रालय काँडाको झ्याङ जस्तो लागेको छ ।
शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको २ महिना पनि पूरा नगरेका मन्त्री श्रेष्ठलाई मन्त्रालयको अवस्था किन काँडाको झ्याङ जस्तो लाग्यो त ?
शिक्षक सेवा आयोगको नेतृत्व तहमा पदाधिकारी नहुँदा दैनिक कामकाज प्रभावित हुनेदेखि स्थायी पदपूर्ति गर्नपर्ने करिब १३ हजार शिक्षकको दरबन्दी खाली छ ।
शिक्षक दरबन्दी अनुसारको पदपूर्ति गर्ने काम शिक्षक सेवा आयोगको हो ।
तर, गत असोजमा आयोगका अध्यक्ष ताना गौतमको पदावधि सकिएपछि आयोग अध्यक्ष विहीन छ ।
आयोगका सदस्य ज्ञानी यादव र सिताराम पोख्रेलको पदावधि सकिएको पनि लामो समय भैसकेको छ ।
आयोगमा पदाधिकारी नियुक्त नहुँदासम्म सचिवालयले मात्र विज्ञापन गर्न सक्ने व्यवस्था नियमावलीले गरेको छैन ।
अध्यक्ष नहुँदा शिक्षक सेवा आयोगको नियमित काम कारबाही समेत प्रभावित भएको छ ।
शिक्षा तथा मानव स्रोत केन्द्रले बढुवा सिफरिस गरेको २७ सय शिक्षकको समेत बढुवा हुन सकेको छैन ।
शिक्षक दरबन्दी मिलान पछि विभिन्न तहका करिब १३ हजार शिक्षक दरबन्दी रिक्त रहेको छ ।
शिक्षक सेवा आयोगको रिक्त पदाधिकारी छनोटका लागि खुला दरखास्त आव्हान गरेको सरकारले रिक्त पदमा सिफारिस भएको एक महिना बितिसक्दा पनि नियुक्ति दिन सकेको छैन ।
शिक्षक सेवा आयोग नियमावलीले गरेको व्यवस्था अनुसार नै आयोगमा छिट्टै पदाधिकारी नियुक्त हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
नेतृत्व विहिन अवस्थामा आयोगको स्थापना दिवस कार्यक्रममा सहभागी शिक्षामन्त्री श्रेष्ठ भने जुन दिनदेखि मन्त्रालयमा आएँ त्यही दिनदेखि काँडाको झ्याङमा बसेको जस्तो लागेको बताउनुहुन्छ ।
त्यसो त संघीय संरचनामा गएको ५ वर्ष वितिसक्दा समेत आयोगले आफूलाई संघीयताको मोडलमा रुपमान्तरण गर्न सकेको छैन ।
भिडियो हेर्नुहोस्
भिडियो : दीलिप पोखरेल
प्रतिक्रिया दिनुहोस्