१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतको उत्तराखण्डमा हिमताल फुट्दा १० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता


0
Shares

काठमाडौं, माघ २५ । भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीले बगाउदा १० जनाको मृत्यु भएको छ भने एक सय जना भन्दा बढी अझै बेपत्ता छन ।

चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको हो ।

हिमताल फुटेपछि नदीमा आएको बाढी विभिन्न गाउँमा पसी घरहरूमा क्षति गरेको छ ।

हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहितको टोली घटनास्थलतर्फ पुगेर उद्धार कार्य जारी रहको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

नदी आसपासका रहेका गाउँका मानिसहरुलाई अन्यत्रै सारिएको छ ।

हिमताल विस्फोटपछि आएको बाढीले ऋषिगङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको बताइएकोछ ।

समाचार एजेन्सी पीटीआईका अनुसार आयोजनामा काम गरिरहेका एक सय बढी मजदुर अझै हराइरहेका छन् भने सुरुङमा फसेका १६ जनाको जिवितै उद्धार गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । (एजेन्सी)