
काठमाडौं, माघ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाले विकास गरिरहेको एकिकरण मार्गले इतिहासको स्मृतिलाई ताजा बनाउने बताउनु भएको छ ।
नेपाली सेनाले गरेको एकिकरण मार्गको दोस्रो बृहत सेमिनारको समापनका क्रममा उहाँले यस कार्यक्रमले इतिहासको पुनर्जागरण र रक्षा गर्ने संकल्प राखेको अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो ।
उहाँले पृथ्वी नारायण शाह अध्ययन केन्द्र समेत अवलोकन गर्नु भएको थियो ।
एकिकरण मार्गले ऐतिहासिक गढी, किल्ला र युद्धस्थलहरुको अध्ययन र संरक्षण हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्