
काठमाडौं, माघ २६ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको निधन भएको छ ।
पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफनै निवासमा ९० वर्षको उमेरमा निधन भएको हो ।
तत्कालिन मल्लिक आयोगका सदस्य समेत रहनुभएका पाण्डे विगत लामो समय देखि नशा सम्बन्धी रोगले पीडित हुनुहुन्थ्योे ।
उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उहाँको चार छोरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्