
कपिलवस्तु, माघ २६ । कपिलवस्तुको मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिकाको बिचमा पर्ने जमुवार खोलामा पुल भत्किदा आवत जावतमा कठिनाइ भएको छ ।
पुल भत्किदा सदरमुकाम तौलिहवामा कामकाज गर्न तथा हाट बजार आउन जान समस्या परेको स्थानीयको गुनासो छ ।
गाउँपालिकाले पुल निर्माणका लागि सरकारलाई आग्रह गरेपनि कतैबाट सुनुवाइ नभएको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्