२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नागरिकलाई स्वस्थ बनाउन जिल्ला अस्पताल बझाङ प्रतिवद्ध


0
Shares

बझाङ, माघ २६ । जिल्ला अस्पताल बझाङले नागरिकलाई स्वस्थ बनाउन प्रतिवद्ध रहेको जनाएको छ ।

अस्पतालले सोमबार पत्रकार सम्मेलन गरी आफ्ना सेवा सुविधाका बारेमा जानकारी गराउने क्रममा उक्त प्रतिवद्धता जनाएको हो ।

स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल बझाङको आर्थिक वर्ष २०७७।०७८ मा संचालित कार्यक्रमहरुको बारेमा विस्तृत जानकारी गराउँदै स्थानीय तहको समन्वयमा सेवाको प्रभावकारिता सुधार गर्ने प्रतिवद्धता व्यक्त गरिएको हो ।