२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


केटु हिमाल आरोहीलाई पोखरामा नागरिक अभिनन्दन


0
Shares

पोखरा, माघ २६ । केटु हिमालको सफल आरोहरण गर्ने पर्वतारोहीलाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ ।

शिशिर ऋतुमा विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहरण गरेर कीर्तिमान राख्न सफल १० नेपाली पर्वतारोहीलाई पोखरा पर्यटन परिषद्ले पोखरा बजार परिक्रमा गराएर अभिनन्दन गरेको हो ।

‘किलर माउण्टेन’ भनेर चिनिने निकै चुनौतिपूर्ण केटु हिमालको सफल आरोहरणले नेपालको नाम विश्वमा चिनाउन सफल भएको अरोहण दलका प्रमुख निर्मल पुर्जाले बताउनुभयो ।