
डडेल्धुरा, माघ २७ । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा वृहत् एग्रो उद्योग स्थापना भएको छ ।
पूर्व मेचीदेखि महाकाली सम्मका शेयर धनी रहेको बझाङ फारवेष्टर्न एग्रो लिमिटेड नाम दिइएको बहुउद्देश्यीय एग्रो उद्योग मंगलबार औपचारिक रुपमा स्थापना गरिएको कम्पनीले जनाएको छ ।
नेपालमा सबैभन्दा बढी दलहन बाली भटमास खेती गरिने सुदूरपश्चिमका कृषकलाई व्यावसायिक रुपमा भटमास खेती गराउने र संकलन गरि प्रशोधन तथा भटमास जन्य चिजवस्तु उत्पादन गरि रोजगारी प्रदान गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
उद्योगले स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ भटमासको प्रशोधन गरि सोयाविन तेलसहित उत्पादन गरि देशका विभिन्न बजारमा बजारीकरण गर्ने उद्देश्य लिएको संस्थापक अध्यक्ष डा. तारा प्रसाद जोशीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्