२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


पनौतीमा माटो परीक्षण सुरु


0
Shares

काभ्रे, माघ २७ । काभ्रेको पनौती नगरपालिकामा बृहत माटो परीक्षण शिविर सञ्चालन भएको छ ।

माटोको अवस्था पत्ता लगाई माटो बिग्रिन नदिनुका साथै उत्पादकत्वमा बढाउन परिक्षण सुरु गरिएको जिल्लाको कृषि तथा पशुपक्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

दुई दिनसम्म चल्ले शिविरमा माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश हेटौंडाको प्राविधिक सहयोगमा गरिनेछ ।

माटो सम्बन्धी मुख्य विषय स्थलगत रुपमै जाँच गर्न सक्ने उपकरण सहितको प्रयोगशाला (भ्यान) मार्फत कृषकले ४ घण्टामा नै जमिनको अवस्थाबारे जानकारी प्राप्त गर्न सक्ने माटो तथा मल परिक्षण प्रयोगशाला बागमती प्रदेश प्रमुख डा. जनार्दन खड्काले बताउनुभयो ।